इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
एजेन्सी । इरानको इस्लामिक रिभोल्युसन गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिण–पश्चिमी इरानमा रहेको एक पेट्रोकेमिकल कम्पनीमाथि भएको अमेरिकी र इजरायली आक्रामक कदमको बदलास्वरूप सोमवार उत्तरी इजरायली शहर हाइफामा रहेका समान उद्योगहरूमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।
