मन्त्रिपरिषद् बैठक बस्दै, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको सम्भावना
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार ११ बजे बस्नेगरी बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ । धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
