८ अर्ब लगानी अनुमानसहित निर्माण सुरु भएको शेराटनको लागत १५ अर्ब
विश्वप्रसिद्ध चेन होटल ब्राण्ड मेरियटको लक्जरी ब्राण्ड ‘सेराटन’लाई नेपाल भित्र्याउँदै गरेका चर्चित व्यवसायी शेष घलेले होटलको लागत बढेको बताएका छन् । मेरियटका अध्यक्ष डेबटि मेरियटलाई निर्माणाधिन होटलको अवलोकन गराउने क्रममा घलेले अबको ३ देखि ४ महिनामा होटलको निर्माण सम्पन्न हुने र त्यतिबेलासम्म लागत १५ अर्ब पुग्ने/नाघ्ने देखिएको बताएका हुन् ।
