कांग्रेसको १५औं महाधिवेशन पूर्णत: डिजिटल हुने
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेको समयसीमालाई अन्तिम म्यादका रूपमा कायम गरेको छ । समितिको बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने निर्णय गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ ।
