SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

भारतमा बन्धक परेका १६ नेपालीको उद्धार, नेपाल ल्याइँदै

बर्दिबास  : श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेकाहरु नेपाली उद्धार टोलिको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र ईलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो ।इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका स्थानीयहरुलाई उद्धार गरि नेपाल ल्याउन लागिएको छ ।