SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक आज च्यासलमा बस्दै

काठमाडौं । नेकपा एमालेको पुनर्गठनसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी दिएका छन् । छविलाल विश्वकर्माका अनुसार, सचिवालय बैठकले राय–सुझाव संकलन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारीसहित उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।