धकेलिँदै राष्ट्र स्तरोन्नतिको अवसर
काठमाडौं : अल्पविकसित राष्ट्र समूहबाट मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्नबाट सरकार पछि हटेको देख्दा अर्थविद् डा. चन्द्रमणि अधिकारी आश्चर्यमा छन्। विश्वमाझ कहिलेसम्म सधैं गरिब राष्ट्र भनेर नेपाललाई चिनाइरहने ? डा. अधिकारी भन्छन्, ‘यो त आँटिलो सरकार हो। विडम्बना, खुट्टा कमायो। यसरी पछि हट्ला भन्ने त सोचेकै थिइनँ।’६७ वर्षको योजनाबद्ध विकास अभ्यासपछि नेपाल विकासशील राष्ट्र बन्ने संघारमा पुगेको छ। मुलुकले स्तरोन्नतिका लागि आवश्यक तीनवटै अन्तर्राष्ट्रिय सूचक पूरा गरेको छ।
