आज यी ४ प्रदेशमा तातो दिन हुने, केही स्थानमा पानी पर्ने सम्भावना
काठमाण्डु– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल तथा बाकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मूख्यतया सफा रहेको छ ।
