नवलपुर समाज जापान कान्साई क्षेत्रीय समितिको नेतृत्वमा समुन्द्र पौडेल
ओसाका, जापान । नवलपुर समाज जापान, कान्साई क्षेत्रीय समितिको चौंथो अधिवेशन सम्पन्न भएको छ। ओसाकामा जुन ८ तारिकमा सम्पन्न भएको अधिवेशनले समुन्द्र पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति समेत चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा विवेक पौडेल, सह(सचिवमा रेशम पराजुली, कोषाध्यक्षमा सागर पौडेल तथा सह(कोषाध्यक्षमा डोलराज रानाभाट चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा अनुप कँडेल, ऋस्ता न्यौपाने, अर्चना कँडेल, दीपक घिमिरे तथा लोकबहादुर महतो चयन हुनुभएको नवलपुर समाज जापानका प्रवक्ता कृष्ण भुषालले जानकारी दिनुभयो। अधिवेशनमा नवलपुर समाज जापानका केन्द्रीय अध्यक्ष सुरेश सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
