SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक बस्दै, संसदको अवरोध हट्ला ?

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ।