SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

रास्वपाको प्रदेश महाधिवेशन आजबाट सुरु हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबार (आज) बाट सुरू हुँदैछ। आज बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ। बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने प्रदेश सभापति अच्युतम लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी नै प्रतिनिधि सहभागी हुनेछन्।