SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

कचौरा थापेर कहिलेसम्म बस्ने ?

संयुक्त राष्ट्रसंघको विकास नीति समितिले प्रतिव्यक्ति न्यून आय भएका, मानव सम्पत्तिको न्यून स्तरको विकास भएका र आर्थिक तथा वातावरणीय जोखिममा रहेका मुलुकलाई अतिकम विकसित मुलुक (एलडीसी)का रूपमा लिने गरेको छ।अतिकम विकसित राष्ट्रहरूबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकको मापदण्ड पूरा गरेको हुनुपर्छ। नेपालले दुईवटा मापदण्ड पहिले नै पूरा गरिसकेको थियो।