SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ । नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो ।