‘एयर पोलुसन स्टेशन’ले राप्तीमा सहज
तुलसीपुर । राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदुषणको अवस्थाका बारेमा थाहा दिन्छ । वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ ।
