कुम्हार समुदायको परम्परागत पेसा सङ्कटमा
नेपालगन्ज । बाँकेका रैथाने कुम्हार (प्रजापति) समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि व्यावसायिक रूपमा माटोको प्रयोग गर्दै आएका उनीहरूलाई माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको तराई कुम्हार समाज नेपालका मुख्य संरक्षक विष्णुलाल कुम्हारले जानकारी दिए ।
