क्रियाशील सदस्य घट्दा चर्कंदै कांग्रेस विवाद
काठमाडौं : क्रियाशील सदस्यता अद्यावधिकको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्य संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीति तरंगित बनेको हो।क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार सोमबार साँझसम्म ५ लाख २ हजार ३ सय ८१ जनाले डिजिटल अद्यावधिक गरिसकेका छन्। उनले भने, ‘अघिल्लो साताभन्दा यो साता एकदमै धेरैले अद्यावधिक गर्नुभएको छ। यो उत्साहप्रद नै छ।
