एन्जल्स हार्ट भलिबलको सेमिफाइनल समीकरण पूरा
काठमाडौँ ( हाम्रो खेलकुद)- दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय / कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनलमा समीकरण पूरा भएको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा सोमबार भएको खेलमा लालीगुराँस नेसनल एकेडेमी, हिमरश्मि, कल्याण मावि र न्युटन सेमिफाइनलमा पुगेका छन्। लालीगुराँसले सेन्ट लरेन्सलाई २५-२०, २३-२५ र १७-१५ ले पराजित गर्यो ।
