SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०९:४५ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र बेलायती अधिकारीहरूबीच भर्चुअल वार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले बेलायती गोर्खा सैनिकका समस्या समाधान गर्न बेलायत सरकारसँग आग्रह गरेका छन्।सोमबार बेलायतका रक्षा सचिव जोन हिली तथा भेटरान्स तथा पिपुल्ससम्बन्धी रक्षा राज्यमन्त्री लुइस सान्धर जोन्ससँग भएको भर्चुअल बैठकमा मन्त्री खनालले बेलायती गोर्खाहरूले नेपाल-बेलायत सम्बन्धलाई सुदृढ बनाउन पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको न्यायोचित मागलाई छिटो सम्बोधन गर्नुपर्ने बताए।