SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०९:४५ PM · 1 मिनेट पढाइ

हुन्डाई नेपालद्वारा “ वर्ल्ड कप टु वर्ल्ड कप" अफर सार्वजनिक: ४ वर्षसम्म विशेष सुविधा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै “ वर्ल्ड कप टु वर्ल्ड कप अफर सार्वजनिक गरेको छ। फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ।