SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०९:०४ PM · 1 मिनेट पढाइ

रास्वपाको बारा जिल्ला अधिवेशन स्थगित

सिमराः विवाद चर्किँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन स्थगित गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै मंगलबारका लागि तय भएको अधिवेशन स्थगित गरेको हो।केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले विविध अपरिहार्य कारण देखाउँदै अधिवेशन स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरेका छन्। उनले अधिवेशनका सम्पूर्ण प्रक्रियाहरू स्थगित भएको र अर्को निर्देशनको प्रतीक्षा गर्न आग्रह गरेका छन्।