SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ, यस्तो छ कारण

राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार चेक अनादरसम्बन्धी उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। अनुसन्धान अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।