साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
काठमाण्डु – नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो हप्तासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
