SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

पहिरो र चट्याङबाट पशुधन गुमाएका परिवारलाई राहत दिने निर्णय

किमाथाङ्का । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो तथा चट्याङका कारण भएको पशु चौपाया गुमाएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । समितिको आजको बैठकले पहिरो तथा चट्याङका कारण भएको पशुचौपाया गुमाएका पीडित परिवारलाई क्षतिवापत राहत उपलब्ध गराउने निर्णय गरेको हो ।