SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

अब व्यवसायीले मोबाइलबाटै १० लाखसम्म कर्जा लिन सक्ने, सर्वसाधारणको हकमा के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कर्जा प्रवाह अर्थात् डिजिटल लेण्डिङको सीमा बढाएको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुँदै आइरहेको कर्जा सम्बन्धी मार्गदर्शन २०७८ संशोधन गरी कर्जाको सीमा १० लाख पुर्‍याएको हो । यसअघि त्यसरी पाइने कर्जाको सीमा ५ लाख रहेको थियो ।