कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी वितरण गरेको छ।दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख सुशिल पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरेका थिए।
