SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु

चन्द्रपुर – रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा सोमबार बिहान सवारीसाधनले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ वर्षीय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए । ठक्कर दिने सवारीसाधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी