सशस्त्रका ४ डीएसपीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) का ४ सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गत जेठ २१ गते सशस्त्रको प्राविधिक तर्फबाट ४ सशस्त्र प्रहरी निरीक्षक (इस्पेक्टर) लाई सोही समूहका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा गरिएको थियो ।
