उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना
हेलम्बु। पछिल्लो समय उच्च हिमाली भेग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको मनोरम दृश्य, जैविक विविधता तथा मौलिक संस्कृति अवलोकन गर्ने पर्यटकहरूको रोजाइ पछिल्लो समय उच्च हिमाली क्षेत्र बन्न थालेका छन्।
