SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०७:३५ PM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा कार्की

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनित गरेको छ। काठमाडौंका कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ।नवनियुक्त सदस्य कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन्।