SHARE
अर्थ संवाद · मङगलबार २३ बैशाख २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना,  एक जनाको मृत्यु 

विराटनगर । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ । गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पु¥याइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।घाइतेहरुः  भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर  धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर  धनकुटाका ३४ वर्षीय धनकुमार बिक । धनकुटाकै ६० वर्षीया दीर्घमाया राई । भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ । भोजपुरकै अनमोल तामाङ ।  भोजपुरकी २४ वर्षीय सविना बराइली । भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा ।  भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ ।  बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ ।  सुनसरीका ४८ वर्षीय कृष्ण राउत । सुनसरीका २७ वर्षीय आयुष राई ।