एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर पीटुपी) सेवाको सुरुवात
काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ‘इन्डो–नेपाल एद्दए रेमिट्यान्स’ सेवा सुरु गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ।यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन्।
