SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०५:५० PM · 1 मिनेट पढाइ

ट्रम्पले भने- अन्तिम सम्झौता नभएसम्म नाकाबन्दी कायम रहन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलले युद्धविराम गर्ने प्रयास गरिरहेको बताएका छन्। ट्रम्पले ट्रुथ सोशलमार्फत युद्धविराम गर्ने प्रयास भइरहेको बताएका हुन्। तर, उनले कुनै पनि लापरबाहीले वार्ता रोकिन सक्ने शंका पनि व्यक्त गरे। ‘इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गराउन काम गरिरहेका छन्। अन्तिम शान्ति वार्ता भइरहेको छ। तर कुनै पनि लापरबाही वा मूर्खताले वार्तालाई अवरुद्ध गर्न सक्छ,’ उनले भने। उनले अन्तिम सम्झौता नभएसम्म नाकाबन्दी कायम रहने बताए।