दीपक खड्कासहित तीन कांग्रेस नेतामाथि अघि बढ्यो कारबाही प्रक्रिया
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीन जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको समितिको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
