मैले बाँदर मारेको होइन, जनतालाई सहयोग गरेको हुँ : सांसद ध्रुवराज राई
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसान मारमा परेको उल्लेख गर्दै ६ लाख बाँदर मार्नुपर्ने अभिव्यक्ति दिएका छन् । सोमबार संसद भवन परिसरमा कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरे ।
