SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

बाजुरा-हुम्ला सीमा विवाद क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्दैछौँ : सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बाजुरा र हुम्लाको सीमा विवाद क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त स्थायी बेस क्याम्प स्थापना गर्नेगरि प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।