SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०५:२७ PM · 1 मिनेट पढाइ

एन्फा महासचिव र अध्यक्षलाई विश्वकपमा जान किन लगायो राखेपले रोक ?

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई फिफाको बैठक र विश्वकप हेर्न जान रोक लगाएको छ। राखेप सदस्य सचिव राम चरित्र मेहेताले नेपालमा फुटबलको विवाद नसुल्झिएको अवस्थामा फुटबलको सम्बन्धित पक्ष बनेर बैठक र विश्वकपमा जान नमिल्ने बताए। उनले अन्नपूर्ण पोस्टसँगको कुराकानीमा आफूहरूले एन्फा महासचिव र अध्यक्षको फिफा बैठक र विश्वकपमा जान पाउँ भन्ने प्रस्तावलाई अस्वीकार गरेको बताए।