ग्लोबल बैंक र भाटभटेनीबीच सहकार्य, ग्राहकलाई विशेष क्रेडिट कार्ड सुविधा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ । भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
