जलवायु अनुकूलनका लागि बैङ्क, वित्तीय संस्था र बीमा कम्पनीको लगानी बढाउन आग्रह
काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूले हरित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सहारा नेपालद्वारा आइतबार आयोजित ‘क्लाइमाक्लेभ १.०: शेयर द स्कोप, रेज द होप’ सम्मेलनअन्तर्गतको प्यानल छलफलमा सहभागी वक्ताहरूले जलवायुमैत्री विकासका लागि वित्तीय क्षेत्रको भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन्।
