२३ सचिवको जिम्मेवारी हेरफेर : राजस्व सचिव बराल गण्डकीमा, अतिरिक्तमा परे ६ जना
काठमाडौं । सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरुको दरबन्दी मिलान गरिएको हो ।
