SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन

काठमाडौँ । हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिएकी हुन् । दुई जिल्लामा देखिएको सीमा विवाद तत्काल शान्त देखिएपनि समस्याको दीर्घकालीन समाधान नभएको उनको भनाई छ ।