दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–०८४ को बजेट सम्बन्धी नीति संवाद कार्यक्रमा बोल्दै उनले बजेट भनेको सरकारले कहाँबाट स्रोत जुटाउँछ, कहाँ खर्च गर्छ भन्दैगर्दा त्यसका लागि लगभग ७० प्रतिशत तय भइसक्ने जानकारी दिए । त्यसैले बजेट आउँछ सबै समाधान हुन्छ भन्ने सोच गलत भएको बताए । उनले भने,‘स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ । बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ ।
