SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

नेप्से २०.२७ अंकले घट्यो, ४ अर्ब ८ करोडको कारोबार

नेप्से आज पनि दोहोरो अंकले घटेको छ । आज सोमबार नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० मा कारोबार भएको थियो । आज फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।