SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०४:२३ PM · 1 मिनेट पढाइ

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय निर्वाचित

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्। प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन्। निर्वाचन परिणामअनुसार, उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत प्राप्त गरेको निर्वाचित समितिले जनाएको छ।त्यस्तै उपसभापति पदमा दुर्गाप्रसाद अर्याल २३८ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गरिन् ।सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित निर्वाचित भएका छन्।