SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

महोत्तरीमा हराएका ३ वर्षीय बालक मृत अवस्थामा फेला

महोत्तरी : महोत्तरीमा हराएका ३ वर्षीय बालक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते साँझ करिब ५ बजे घर नजिकै खेल्न गएका बालक अचानक सम्पर्क विहीन भएका थिए। परिवार तथा आफन्तले खोजतलास गर्दा बालक कतै फेला नपरेपछि प्रहरीमा जानकारी दिइएको थियो ।प्रहरीका अनुसार बालकको उचाइ करिब २ फिट, गहुँगोरो वर्ण, लामो कपाल रहेको तथा दुवै हातमा चाँदीको बाला लगाएका थिए।