२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले जीर्ण संरचना पुनर्निर्माणका लागि बजेट अभाव रहेको जानकारी दिएका हुन् । आईजीपी कार्कीका अनुसार सीमावर्ती तथा संवेदनशील क्षेत्रमा रहेका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेका छन् ।
