SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

निरन्तर संसद अवरोध हुँदा सरकारले समाधान खोज्न तत्परता नदेखाउनु खेदजनक : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निरन्तर संसदमा भइरहेको अवरोधबारे आपत्ति जनाएका छन् । लामो संसदीय अभ्यासबाट आएका नेता केसीले विपक्षीहरुले विभिन्न माग राखेर सरकारको धारणा माग गरिरहँदा सरकारले त्यसलाई नजरअन्दाज गरेको आरोप लगाए ।