सुधन गुरुङविरुद्ध जाहेरी दिन पुगेकालाई प्रहरी परिसरको गेटबाटै फर्काइयो
काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ । सोमबार सांसद गुरुङले प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी जेनजी अभियन्ताहरूसँग धम्कीपूर्ण तथा अभद्र व्यवहार गरेको आरोप उनीहरुको छ ।
