मेरोमाइक्रोफाइनान्सद्वारा शाखा प्रबन्धकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले देशभरका आफ्ना शाखा प्रबन्धकहरूको नेतृत्व, व्यवस्थापन तथा प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिएको छ। संस्थाले नेपालगन्ज (बाँके), गोदावरी (ललितपुर) र लालगढ (धनुषा) गरी तीन चरणमा ‘शाखा उत्कृष्टता र भूमि प्रशासन’ विषयक तालिम सम्पन्न गरेको हो।
