SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

बैठक स्थगितगरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह

नेपाल कम्युनिष्ट पार्टीले बैठक केही समयका लागि स्थगित गरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्षमान पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताए ।