SHARE
कालिका खबर · सोमबार २५ जेठ २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत १९ गते संसद्‌मा दिएको मन्तव्यको घोर भर्त्सना गर्दै सो विषयमा  तत्काल प्रष्टीकरण दिन माग गरेका हुन् । चार दिनदेखि संसद् अवरुद्ध भइरहँदा पनि दलहरूबिच भएको छलफल र संवादको प्रगतिबारे सदनलाई जानकारी नदिइएकोमा सुब्बाले असन्तुष्टि व्यक्त गरे ।